शिर्ष दलको बैठक निष्र्कश बिहीन, प्रयास जारि

असोज १४, काठमाडौं – संविधान निर्माणमा बिषयमा दलहरु बिच देखिएको मतभेदका बिषयमा छलफल गर्न आज बसेको तिन दलिय बैठक निष्र्कश बिहीन भएको छ । सिंहदरबारमा बसेको प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीका शिर्ष नेताहरुबिचको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा.बाबुराम भट्टराईले हिजो प्रस्तुत गर्नुभएको अनौपचारिक प्रस्तावमा नेताहरुबिच सहमती हुन नसकेपछि बैठक बिना निष्र्कश सकिएको हो ।  बैठकमा समितिका सभापति डा. भट्टराईले आफूले अघि पारेको सहमतिको प्रस्ताव फिर्ता समेत लिएका छन । उनको अनौपचारिक प्रस्तावमा काँग्रेस र एमालेका नेताहरुले असहमति जनाएपछि भट्टराईले उतm प्रस्ताव फिर्ता लिएका हुन । भट्टराईले मधेसमा दुईसहित ८, ९ वा १० प्रदेशको विकल्प अघि सारेका थिए । उनले शाककीय स्वरुपमा चार र निर्वाचन पणालीमा तीन विकल्प दिएका छन् । बैठकमा नेताहरुबिच सहमती हुन नसकेपछि विबादित मुद्धामा सहमती जुटाउने जिम्मा कार्यदललाई दिएएको छ । कार्यदलमा काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र कानूनमन्त्री नरहरि आचार्य, एमालेका उपाध्यक्ष भीमबहादुर रावल र अग्नि खरेल र एमाओवादीका महासचिव कृष्णबहादुर महरा र नेता खिमलाल देवकोटा रहेका छन् ।संघीयता, शासकीय स्वरुपसहितका मुख्य विवादित विषयमा सहमती जुटाउन आजसम्मको समयसीमा दिइएको भएपनि असोज २१ गतेसम्म सहमति जुटाउन प्रयास गरिने स्रतले बताएको छ ।