प्रधानमन्त्रीको शब्द रचना रहेको गीत सार्वजनिक (भिडियो)

चैत २७, काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीको शब्द रचना रहेको गीत सार्वजनिक भएको छ । ‘म त भाग्यमानी’ बोलको रहेको गीतमा आवाज शिशिर योगीले दिएका छन् ।

गीतमा लय सिर्जना पनि गायक स्वयमकै रहेको छ । भिडियोलाई वीरेन्द्र भाट्ट विपिनले निर्देशन गरेका छन् ।

महेश महराले खिचेको भिडियोलाई लोकेश भाट्टले सम्पादन गरेका हुन् । भिडियोलाई गायक शिशिरकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।