कोरोना सङ्क्रमणदर बढेर १६ प्रतिशतसम्म पुग्यो

चैत २७, काठमाडौं  – कोरोनाको नयाँ भेरियन्ट नेपालमा देखिने दर बढ्दै गएको छ । यसको असर स्कुले बिद्यार्थीहरु जोखिममा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाण्डौ, पोखरालगायतका ठूला सहरका विद्यालयमा सङ्क्रमणको जोखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अ पछिल्लो समय भने बालबालिका पनि उच्च जोखिममा परेका बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार हिजो एकैदिन १८ वर्षमुनिका ५१ जना बालबालिका सङ्क्रमित भएका छन् । १८ वर्षमुनिका व्यक्तिमा सङ्क्रमणदर उल्लेख्य वृद्धि हुँदै गएको छ ।

मन्त्रालयको पछिल्लो तथ्याङ्कले १८ वर्षमुनिका व्यक्तिमा सङ्क्रमणदर बढेर १६ प्रतिशत पुगेको देखाएको छ । १८ वर्षभन्दा मुनिका व्यक्तिलाई कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम बढेकाले शैक्षिक संस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ । भारतमा पनि बालबालिका र युवामा कोरोनाको नयाँ भेरियन्टको जोखिम उच्च छ ।

भारतसँग खुला सिमानाका रहेकाले नेपालमा सङ्क्रमणको जोखिम धेरै छ । नेपाल, बेलायतमा देखिएको कोरोनाको भेरियन्टसँग मिल्दोजुल्दो भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ । स्वास्थ्य विज्ञले घरबाट बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न र बेलाबेलामा साबुनपानीले हात धुन तथा भीडभाडमा नजान आग्रह गर्दै आएका छन् ।