प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूचि

चैत २३, काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा सम्भावित कार्यसूचि तय भएका छन्।

संसद सचिवालयले आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौँ वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूचि सार्वजनिक गरेको छ।

यस्तै सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

प्रतिनिधिसभा पुनर्स्थापना भए पनि दलहरुबीचको विवादका कारण संसद मुख्य काममा फर्कन सकेको छैन।