रवि ओडको स्वरमा ‘टुटी सक्यो मुटु’ सार्वजनिक (भिडियो)

चैत २, काठमाडौं  – गायक रवि ओडले नयाँ गीत सार्वजनिक गरेका छन् । गीतको बोल रहेको छ “टुटी सक्यो मुटु“ ।

गायक ओडकै शब्द रचना रहेको गीतमा संगित भर्ने काम भीम बिसीले गरेका छन् । गीतमा एरेन्ज÷ मिक्सिङ मास्टरिङ् गोपाल रसाइलीको रहेको छ  ।

दशरथ सुनुवारको निर्देशन रहेको गीतको भिडियोमा प्रिन्स विश्वकर्मा र अञ्जना बराइली फिचर्ड छन् । राम कुमार केसीको छायाङ्कन रहेको भिडियोलाई टेकेण्द्र शाहले सम्पादन गरेका हुन् ।