‘सी’ डिभिजन लिग –आज दुई खेल हुदै

चैत २, काठमाडौं – सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुने भएका छन् । एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा सानेपा क्लब र विरगंज युनाईटेडबीच खेल हुनेछ ।

सानेपा र विरगंजबीचको खेल अपरान्ह १२ः३० बजे सुरु हुनेछ ।यस्तै दोस्रो खेलमा मनोहरा युनाईटेड क्लब र महाबिर क्लबबीच खेल हुनेछ ।

दुई टिमबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।