‘आमा’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

माघ २०, काठमाडौं  – फिल्म’आमा’ले युट्युब ट्रेन्डिङको पहिलो स्थान ओगटेको छ ।

गत शनिवार बुढा सुब्बा डिजिटल युट्युब च्यानल बाट सार्वजनिक गरिएको फिल्मलाई हाल सम्म १६ लाख माथि दर्शकले हेरी सकेका छन् ।

दीपेन्द्र के खनालको निर्देशन, लेखन तथा छायांकन रहेको चलचित्र ‘आमा’मा एउटी छोरीको संघर्ष, त्याग, बलिदान, मायाका साथै हस्पिटल ड्रामाको विषयलाई उठान गरिएको छ ।जसमा कलाकारद्वय मिथिला शर्मा र सुरक्षा पन्त आमाछोरीको भूमिकामा देखिएका छन् ।

डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको चलचित्रमा यी दुई कलाकारको अलावा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको अभिनय देख्न सकिन्छ ।