महिला लिग ः वालिङ र चन्द्रपुर भिड्दै

माघ २०, काठमाडौं –  राष्ट्रिय महिला लिग फुटबलमा आज (मंगलबार) एक खेल हुँदैछ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

वालिङ र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । आज वालिङ र चन्द्रपुर दोस्रो जितको खोजीमा हुनेछन् ।

वालिङ ५ खेलमा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।   चन्द्रपुर ५ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।