लागुऔषध सहित एक जना पक्राउ

माघ ११, मोरङ- मोरङ बिराटनगर-१७ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी धरान-९ का ३९ बर्षीय सुवास लामीछाने रहेका छन ।

उनलाई शनिवार विशेष सुराकका आधारमा SPASMO-PROXYVON-१६९  ब्लेट, NITRAVET-१५ ट्याब्लेट, NITZACARE-२० ट्याब्लेट र DIALEX-DC-२० बोतल लागुऔषध सहित पक्रउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

घटना वारे  थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।