भिरबाट लडेर वडा सदस्यको मृत्यु

माघ ११, खोटाङ – खोटाङको साकेला-२ रतन्छा बस्ने सोही वडाका वडा सदस्य ५७ बर्षीय रत्न प्रसाद फुयलको भिरबाट लडेर मृत्यु भएको छ ।

शनिवार साँझ आफ्नो घरबाट साकेला-२ मबु स्थित भाईको घरमा धामी बस्नका लागि जादै गरेको अवस्थामा एक्कासी खहरे खोलाको भिरबाट लडी उनको घटनास्थलमानै मृत्यु भएको प्रहरी चौकी रतन्छाले जनाएको छ ।

अन्दाजी ३ सय मिटर तल खसी मृत्यु भएका उनको घटना वारे थप कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

मुतक फुयल तत्कालिन नेकपा माओबादीबाट निर्बाचित सदस्य रहेको वताइएको छ।