इङ्ग्लिस प्रिमियर लिग – बर्नलीसँग लिभरपुल पराजित

माघ ९ एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुल बर्नलीसँग १–० गोल अन्तरले पराजित भएको हो ।

पराजित भएको लिभरपुल १९ खेलबाट ३४ अङ्कसहित चौथो स्थानमा छ ।

जित निकालेको बर्नली १८ खेलबाट १९ अङ्कसहित १६ औँ स्थानमा उक्लिएको छ । यो हारसँगै लिभरपुलको घरेलु मैदानमा रहेको अपराजित यात्रा टुङ्गिएको छ ।

लिभरपुलको यो सिजनको तेस्रो हार हो ।