भारतमा कोरोनाबाट १४ हजार बढीको मुत्यु

असार ९, एजेन्सी – भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय १२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको हो ।

त्यस्तै, त्यहाँ अहिलेसम्म ४ लाख ४० हजार ४ सय ५० जना कोरोना संक्रमणबाट प्रभावित भइसकेका छन् । सोमबार मात्रै भारतमा १३ हजार ५ सय ४० नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म भारतमा २ लाख ४८ हजार संक्रमित उपचारपछि घर फर्किएका छन् । त्यस्तै, त्यहाँ अहिले १ लाख ७८ हजार संक्रमितको उपचार जारी छ । जसमध्ये ८ हजार ९ सय बिरामीको अवस्था गम्भीर रहेको बताइएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ३८ हजार नयाँ संक्रमित थपिँदा ३ हजार ८ सय ५८ ले ज्यान गुमाएका छन् ।