सर्वोच्चले भन्यो अवैधानिक स्ववियुले कुनै काम नर्गनु

भदौ८, काठमाडौं – सर्वोच्च अदालतले त्रिवि अन्तरगतका आंगिक क्याम्पसहरुका स्वतन्त्र विद्यार्थी युनियनलाई काम कारवाहीमा रोक  लगाएको छ । सर्वोच्चले म्याद थप गरिएको स्ववियु कार्यसमितिलाई कुनै पनि काम नगर्न अन्तरिम आदेश पनि दिएको छ।

अखिल छैटौंले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशद्धय कल्याण श्रेष्ठ र दवेन्द्रगोपाल श्रेष्ठले स्ववियुको म्याद थप निर्णय अवैधानिक  भएको फैसला सुनाएको प्रवक्ता श्रीधर साजकोटाले जानकारी दिए ।

२०६५ चैत ६ सम्म निर्वाचित स्ववियुको २०६७ चैत ४ गते म्याद थप गरिएको स्ववियुले कार्यकाल सकिएपनि देशभरका सबै आंगीक क्याम्सहरुमा काम गर्दै आएको थियो ।