राजधानीमा सरसफाइको काम गर्ने ३१ जनामा आरडिटी पोजेटिभ

जेठ १, काठमाडौं – काठमाडौं महानगरपालिकाले शुक्रबार सरसफाइमा काम गर्ने कर्मचारीमा गरेको कोरोना भाइरस संक्रमणको आरडिटी परीक्षण गर्दा ३१ जनामा पोजेटिभ भेटिएको छ ।

उनिहरुको पीसीआर टेस्ट पनि गरिसकिएको र त्यसको नतिजा आउन बाँकी रहेको महानगरपालिकाले बताएको छ ।

काठमाडौं महानगरको सरसफाइमा संलग्न ९ सय ३२ जनाको नमूना संकलन गरी शुक्रबार परीक्षण गरिएको थियो।

महामारी तथा सरुवारोग नियन्त्रण महाशाखाको अगुवाइमा उनीहरुमाथि परीक्षण गरिएको थियो।