थप ९ जनामा कोरोना संक्रमण पुष्टि ,नेपालमा पुगे २६७ संक्रमित

जेठ २, काठमाडौं – नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै शुक्रबार साँझ एक बिज्ञप्ती निकाल्दै नेपालमा कोरोना संक्रमितहरुको संख्या २६७ पुगेको जानकारी दिएको छ ।

नया संक्रमितहरुमा पर्साका ९ वर्षीय बालक, विरगञ्जका १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिलामा संक्रमण देखिएको हो । त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि संक्रमित देखिएका छन् ।

त्यस्तै दाङको गढवा ४ का २३ वर्षीय पुरुष, गढवा ५ कै ३६ वर्षीय पुरुष र तुलसीपुर ७ निवासी ३४ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको छ ।