साउदी अरबमा राष्ट्रव्यापी कर्फ्यू

चैत १०, एजेन्सी – साउदी अरबका राजा सलमानले सोमबार राष्ट्रव्यापी कर्फ्यस् लगाउने घोषणा गरेका छन् । सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साउदीमा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिनका लागि कर्फ्यू लगाइएको छ ।

यस्तै, छिमेकी देश संयुक्त अरब इमिरेट्सले आफ्ना यात्री र ट्रान्जिट फ्लाइट रद्द गरेको छ । संयुक्त अरब इमिरेट्समा सबै सपिङ सेन्टर बन्द छन् र रेष्टुरेन्टमा ‘होम डेलिभरी’ मात्रै गर्न सकिने व्यवस्था मिलाइएको छ ।