कोभिड- १९ विरुद्धको राहत कोषमा नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनले एक करोड दिने

चैत १०, काठमाडौं – सरकारले घोषणा गरेको कोभिड- १९ विरुद्धको राहत कोषमा नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनले एक करोड रकम सहयोग गर्ने घोषणा गरेको छ।

अस्पताल र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद र ५० लाख बराबरको अत्यावश्कीय मेडिकल सामग्री उपलब्ध गराउने चौधरीले बताए।

नर्भिक अस्पताल नेपालकै ठूलाोमध्येको एक व्यवसायीक प्रतिष्ठान चौधरी ग्रुपले संचालन गरेको अस्पताल हो।

अस्पतालका अध्यक्षसमेत रहेका चौधरीले आफ्नै नाममा प्रतिष्ठान पनि चलाउँदै आएका छन्।