फागुन २०, काठमाडौं – प्रदीप खड्का र जसिता गुरुङको चलचित्र ‘लभ स्टेसन’ युट्युबको ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ । पाँच दिन अघि युट्युबमा सार्वजनिक गरिएको चलचित्रलाई २२ लाख बढिले हेरिसकेका छन् ।
चलचित्रलाई चार हजार बढिले प्रतिक्रिया दिएका छन् भने अधिकांश प्रतिक्रिया सकारात्मक रहेका छन् । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्र लभ स्टेसन साङ्गीतिक प्रेम कथामा आधारित पारिवारिक चलचित्र हो ।
यसका निर्माता गोविन्द शाही हुन् । चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डङ्गोल, दिनेश काले कालु रानासहितको अभिनय छ ।
आलोक शुक्लाको छायाङ्कन रहेको लभ स्टेशनमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको सङ्गीत छ ।
