आईसीसी वरीयतामा नेपाल ३ स्थान झर्यो

फागुन २०, काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट परिषद – आईसीसी) को टी- ट्वान्टी वरियतामा नेपाल तीन स्थान तल झरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल तीन स्थान तल झरेको हो । नयाँ वरीयतामा नेपाल तीन स्थान झर्दै १५ औं स्थानमा पुगेको छ ।

यसअघि नेपाल १२ औं स्थानमा रहेको थियो । आईसीसीले सार्वजनिक गर्दै आएको वरीयतामा पछिल्लो ८ महिना देखि १२ औं स्थानमा रहँदै आएको थियो ।

तर, टी –ट्वान्टीमा लगातार खराब प्रदर्शन गर्दै आएको नेपालको वरीयतामा यसपटक ठुलो गिरावट आएको हो । नेपालको टी –ट्वान्टीमा ११ औं स्थान सर्वा्धिक उच्च वरीयता हो ।

एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १२ र युएई १४ औं स्थानमा रहेको छ ।

नेपाल एकदिवसीय वरीयतामा भने यथावत रहेको छ । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।

टी- ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।