सिन्डिकेटका कारण पर्यटक समस्यामा

भदौ ४, लुम्बिनी – बुद्धको जन्मस्थल लुम्बिनीमा जाने पर्यटकलाई स्थानीय बस व्यवसायी सङ्घले सिन्डिकेट लगाउँदा पर्यटकहरु समस्यामा परेका छन् । शान्तीका दुत गौतम बुद्धको भुमीमा भ्रमणमा निस्केका पर्यटकलार्य यस क्षेत्रमा रहेका पश्चिम नेपाल बस व्यवसायी समिति र सिद्धार्थ बस व्यवसायी समितिले आलोपालो प्रणालीले बस तथा जिप सञ्चालन गर्दा स्तरीय पर्यटक बस चलाउन चाहनेका लागि वञ्चित पारिएको छ ।

निजी क्षेत्रबाट लुम्बिनीको विकास र सहज यातायातका लागि भन्दै स्तरीय  र पर्यटकीय सवारीसाधन चलाउन प्रयास गर्नेका लागिसमेत दुवै समितिको सिन्डिकेटका कारण समस्या रहेको  पर्यटन कार्यालय भैरहवाले जनाएको छ ।

गत वर्ष अन्तर्राष्ट्रिय पर्यटन दिवस पारेर पोखराको माउन्टेन ओभरल्यान्ड ट्राभल एन्ड टुर्स कम्पनीले सुरु गरेको पोखरा, चितवन, लुम्बिनीस्तरीय पर्यटक बस सेवासमेत सुरुवात गरेलगत्तै स्थानीय बस व्यवसायी समितिले जबर्जस्तीरूपमा चल्न नदिँदा बन्द गर्न बाध्य पारिएको छ । सिन्डिकेटका कारण लुम्बिनी यात्रा गर्ने पर्यटकले पुराना थोत्रा बस तथा जिप प्रयोग गर्न बाध्य भएका छन् ।