भारतमा पाँच लाखसम्म आम्दानी गर्नेले आयकर तिर्नु नपर्ने

माघ १९, काठमाडौं – भारत सरकारले सन् २०२० –२१ का लागि बजेट सार्वजनिक गरेको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले तीन खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर अर्थात् २६९ खर्ब ८५ अर्ब भारतीय रुपैयाँ बराबरको बजेट सार्वजनिक सार्वजनिक गरेकी हुन्  । बजेटमा आयकरमा नयाँ व्यवस्था गरिएको छ ।

उच्च वर्गको लागि आयकर बढाइएको छ भने मध्यमलाई न्यून गरिएको छ । वार्षिक पाँच लाखसम्म आम्दानी गर्ने व्यक्तिहरुले आयकर तिर्नु नपर्ने भएको छ ।

यस्तै साढे सात लाखसम्म आम्दानी गर्नेलाई १० प्रतिशत, १० लाखदेखि साढे १२ लाखसम्म आम्दानी हुनेलाई २० प्रतिशत र साढे १२ लाखदेखि १५ लाखसम्म वार्षिक आम्दानी हुनेले २५ प्रतिशत आयकर तिुर्नपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै बजेटमा १० प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको छ ।