रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मुत्यु

माघ १९, काठमाडौं – काठमाण्डौको कलङ्की नजिकै खसी बजारमा रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको ज्यान गएको छ ।

ट्राफिक प्रहरीले जाँचका लागि रोकेको टिप्परमा मोटरसाइकल ठोक्किँदा कीर्तिपुरको मच्छेगाउँका शैलेस बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार राति १० बजे बा ४ ख ३६६९ नम्बरको टिप्परमा बा ६६ प ४४९० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका बस्नेतको बल्खुको वयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले टिप्पर चालकलाई पक्राउ गरेको छ ।