आर्थिक अभावले अस्पतालमै बस्न बाध्य

कात्तिक २०, काठमाडौं – बाँकेको शिवालय गाउँपालिका–१ जाजरकोटका ३५ वर्षीय डिलबहादुर नेपाली उपचारवापतको रकम तिर्न नसक्दा समस्यामा परेको छ ।

मेरुदण्ड भाँचिएर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका नेपालीले मेडिकललाई तिर्नुपर्ने औषधिबापतको रकम नभएपछि डिस्जार्च हुँदा पनि अस्पतालमै बस्नुपरेको छ ।

एक महिनाअघि बाख्राको गोठ बनाउने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर मेरुदण्ड भाँचिएर नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराइरहेका नेपालीले मेरुदण्डको शल्यक्रिया सकिएको दुई हप्ता बितिसक्दासमेत औषधिवापतको रकम तिर्न नसक्दा अस्पतालले डिस्चार्ज गर्न नमानेको उनका छिमेकी भीम महताराले बताए ।

रासस