भदौं २३,काठमाडौं—पूर्व सभासद् योगेन्द्र घिसिङ युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहका अनुसार रत्नपार्क–जावलाखेल रूटमा चल्ने माइक्रोबसबाट घिसिङलाई सोमवार दिउँसो नियन्त्रणमा लिइएको हो ।
कलेज पढ्ने एक युवतीलाई माइक्रो बसमै यौन दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिइएको सिंहले बताइन् । उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
