नादेज्दा कप फुटबल— नेपाल उज्वेकिस्तानसँग पराजित

भदौं २३, काठमाडौं — कीर्गिस्तानमा जारी नादेज्दा कप फुटबल अन्तर्गत दोस्रो खेलमा नेपाली महिला फुटबल टोली उज्वेकिस्तानसँग पराजित भएको छ ।

सोमबार भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा ३४ औँ मिनेटमा उज्वेकिस्तानले सुरुवाती अग्रता बनायो ।

त्यसपश्चात उज्वेकिस्तानले खेलको ५० औँ मिनेटमा दोस्रो गोल गर्न सफल भयो र नेपालमाथि २(०को अग्रता कायम गर्न सफल भयो ।
नेपालले पटक पटक पाएका सुन्दर मौका गोल गर्न सफल भएनन् । खेलको सुरुवातमा नेपालले उज्वेकिस्तानलाई दबाब दिएपनि गोल गर्न चुकेको थियो ।