स्वास्थ्य सामान्य बनेपछि कृषिमन्त्री डिस्चार्ज भए

भदौं २३, काठमाडौं —डेंगुको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका कृषिमन्त्री चक्रपाणि खनाल आज डिस्चार्ज भएका हुन् ।

उनको स्वास्थ अवस्था सामान्य भएपछि डिस्चार्ज भएका हुन् ।

उनि गत भदौ १८ गते राजधानीको ग्राण्डी अस्पताल भर्ना भएका थिए ।

अहिले डेंगु गै देशको ५६ जिल्लामा फैलिएको छ । अहिलेसम्म ७ हजार भन्दा धेरै नागरिकमा डेंगु संक्रमण देखिएको छ ।