चिनियाँ विदेशमन्त्री वाङ यीले गरे चन्द्रागिरि भ्रमण

भदौं २३, काठमाडौं — चिनियाँ विदेशमन्त्री वाङ यी चन्द्रागिरि पुगेका छन् । तीन दिने नेपाल भ्रमणका आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज बिहान चन्द्रागिरि पुगेका छन् ।

काठमाडौंको पश्चिम–दक्षिणमा अवस्थित पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ केबलकारमार्फत पुगेका हुन् ।

चन्द्रागिरिको चुचुरोमा विदेशमन्त्री वाङलाई चन्द्रगिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिशेख विक्रम शाह, सञ्चालकहरु हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरेका थिए ।