प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कदै

साउन २३, काठमाडौं– उपचार गर्न सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नेपाल फर्किदै छन् ।

सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गराईरहेका प्रधानमन्त्री ओली आज विहीबार डिस्चार्ज भई भोली शुक्रबार साँझ ८ बजे नेपाल फर्कने प्रधानमन्त्री स्रोतले बताएको हो ।

१२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् । नियमित स्वास्थ्य परीक्षणग यसअघि पनि उनी थाइल्याण्ड पुगेको थिए ।

प्रधानमन्त्रीसँग अहिले धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत रहेका छन् ।