साउन २३, बागलुङ – बागलुङ जिल्लाका मिर्गौलापीडित र क्सान्सरपीडित बिरामीले पोर्चुगलमा संकलित आर्थिक सहयोग २ लाख ९३ हजार २ सय ८० रुपैया पाएका छन् ।
बागलुङ समाज पोर्चुगलले उनीहरुलाई आर्थिक सहयोग स्वरुप पोर्चुगलमा सङ्कलन भएको २ हजार ४ सय युरो अर्थात् २ लाख ९३ हजार २ सय ८० रुपैयाँ प्रदान गरिएको हो ।
बागलुङ समाज पोर्चुगलका अध्यक्ष प्रेम खड्काले आर्थिक अभावका कारण उपचारमा समस्या आएको खबरले जिल्लाका तीन बिरामीलाई सहयोग स्वरुप प्रदान गरिएको जानकारी दिए ।
जिल्लाको गल्कोट नगरपालिका नरेठाँटी निवासी मिर्गौलापीडित गमप्रसाद श्रीस, जिल्लाकै बडीगाड गाउँपालिका–१० निवासी क्यान्सरपीडित दलबहादुर बुढामगर र बागलुङ नगरपालिका तित्याङ निवासी क्यान्सरपीडित सपना खड्का खत्री गरी तीन जना बिरामीलाई ९७ हजार ७ सय ६० रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरिएको छ ।
