दाङमा एक युवक मृत अवस्थामा फेला

साउन ३, काठमाडौं —दाङको तुलसीपुर स्थित मानसरोवर होटेलमा कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार बाँकेको कोहलपुर निवासी अन्दाजी २७ बर्षीय रमेश हमाल होटलको कोठामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।

एक युवती संगै राति १० बजेतिर हमाल होटेलमा बास बस्न आएको होटेल संचालकले बताए । हमाल संगै होटेलमा रुकुमकी एक युवतीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।