असार २२, काठमाडौं — नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्कीलाई शनिबार राती विनावर्दीका प्रहरीले कुटपीट गरेका छन् । कमलामाई नपा ६ शिवनगरको एक होटलमा खाजा खाइरहेका बेलामा आई भिडियो खिचेको र भिडियो नखिच्न आग्रह गर्दा कार्कीमाथि आक्रमण भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा घर भएका ३० वर्षिय सलाम सिंह लामा र प्रहरी जवान काभ्रे पनौतीका २८ वर्षिय विकास सिंह स्याङतानले कार्कीमाथि हातपात गरेका हुन् ।
अध्यक्ष कार्कीको हेलमेटले कुटेका कारण टाउकोमा गम्भिर चोट लागेको छ । वेहोस अवस्थामा रहेका कार्कीको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि राती नै काठमाडौं रिफर गरिएको सिन्धुली अस्पतालले जानकारी दिएको छ ।
उनको टाउकोमा गम्भिर चोट देखिएका कारण काठमाडौं रिफर गरिएको हो । घटनापछि अभियुक्त प्रहरीहरुलाई तत्काल पक्राउ गरि राती नै पत्रकारहरुको बीचमा सार्वजनिक गरिएको छ ।
प्रहरीले कुटेका पत्रकारको अवस्था गम्भिर
