विर वहादुर नेपाली
जेठ २३, काठमाडौं — नेकपामा केन्द्रीय सदस्यको कार्यविभाजन मिलाउनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको मध्यमार्गी प्रस्ताव आएको छ ।
कार्यविभाजनमा जिम्मेवारी वाँडफाँडमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालको आ आफ्नै अडानका कारण अध्यक्ष पुष्पकमल दाहालले मध्यमार्गी प्रस्ताव ल्याएको हो ।
अध्यक्ष दाहालले जनप्रतिनिधि रहेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज–सहइन्चार्ज बन्नमा रोक लगाउन नहुने बताए । दाहालको प्रस्ताबमा ‘दोहोरो जिम्मेवारी भन्दा जिम्मेवारी नभएका रवरिष्ठ नेतालाई नै जिल्ला इन्चार्ज र सहइन्चार्ज बनाउनुपर्ने तर आवश्यक भएको खण्डा कुनै जिल्लामा जनप्रतिनिधिलाई बन्देज लगाउन नहुने उल्लेख छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली प्रदेश र जिल्लाका अध्यक्ष–सचिवसम्म दोहोरो भुमिका र जिम्मेवारीमा अहिले जनप्रतिनिधि रहेका नेतालाई रोक्न नहुने अडानमा छन् ।
वरिष्ठ नेता नेपाल संघ तथा प्रदेशमा मन्त्री तथा सांसद रहेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज–सह–इन्चार्जको जिम्मा दिन नहुने पक्षमा छन् ।
प्रधानमन्त्रीको व्यस्तताका कारण बिहीबार बिहानसम्मका लागि बैठक स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए मंगलबार र बुधबारको बैठकमा ओली र नेपालबीचको विवाद मिल्न नसक्दा दुई दिनयता सचिवालय बैठक निर्णयमा पुग्न सकेको छैन ।
