जेठ २३, काठमाडौं — धावनमार्ग स्तरोन्नतिको काम सम्पन नभएपछि धनगढी विमानस्थल एक सातासम्मका लागि वन्द हुने भएको छ ।
१ महिनाको अवधिमा धावनमार्ग विकासको काम सम्पन नभएपछि धनगढी विमानस्थल थप एक साताका लागि बन्द हुने भएको हो ।
वैशाख २२ गते देखी उडान सेवा बन्द गरेर विमानस्थलको धावनमार्ग क्षेत्रको स्तर विस्तारको काम भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले बताए ।
विमानस्थलमा स्तर उन्नतीका लागि बढी दलदले माटो देखिएकोले काम लम्बिएको हो । स्तर उन्नती पछि विमानस्थलमा चारवटा ठूलै जहाज पार्किङ गर्न मिल्ने छ ।
मौसमले राम्रो भए अबको पाँच दिनमा विमानस्थलमा हवाई उडान सञ्चालन हुने निर्माण कम्पनीले जनाएको छ ।
