पशुपतिनाथको २३१ रोपनी जग्गा पनि गायब

वैशाख, ३१ काठमाडौं – पशुपतिका नाममा रहेको करिब दुई सय ३१ रोपनी १० आना जग्गा गुमनाम गरिएको अर्काे तथ्य फेला परेको छ ।

वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएको तथ्य खुलेको होे तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा लुकाएको हुनसक्ने छानबिन समितिको ठहर छ ।

श्रीपशुपतिनाथ अमालकोट कचहरी, श्रीपशुपति भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिलको असुली लगतको अभिलेखअनुसार पशुपतिनाथको नाममा रहेको दुई सय ३१ रोपनी १० आना जग्गा कस्को नाममा छ पत्ता लागेको छैन ।

पशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले अर्बाैं रुपैयाँ पर्ने जग्गा हराएको प्रतिवेदन तयार पारेको छ । पशुपतिनाथ क्षेत्रको जग्गा र सम्पत्तिका लागि अहिलेसम्म्म तीनवटा समिति बनिसकेको छ । समितिले पशुपतिको जग्गाको खोजबिन गरी प्रतिवदेन बाहिर ल्याउन सकेन ।

‘अमालकोट कचहरीको ६ रोपनी १२ आना, जयबागेश्वरी भण्डार तहबिलको ११ रोपनी ७ आना र भण्डार तहबिलको दुई सय १३ रोपनी ७ आना जग्ग गुमनाम भएको छ २४९ को चन्द्रशमशेर मोही भएको ६ रोपनी ४ आना जग्गा, बौद्ध–६ स्थित पूर्वप्रधानमन्त्री चन्द्रशमशेर मोही रहेको यो जग्गा उनका सन्तानले हडपेर खाएको, लगत नम्बर ९२४ मा देखिने डा. रघुवीर वैद्यको बौद्धकै कित्ता नम्बर ४८ को २९ रोपनी ४ आना २ पैसा २ दाम जग्गा गायब भएको, लगत नम्बर ४५७ मा समरबहादुर थापा क्षेत्रीको भक्तपुर जिल्लामा रहेको मौजे शारदा १४ अन्तर्गतको कित्ता नम्बर २६९ को १ रोपनी १० आना , लगत नम्बर ३०८ को मोही नरबहादुर फुयाँलको नाममा रहेको मनहरा बगरको २५ रोपनी जग्गा हराएको पशुपतिनाथको १९ हजार रोपनी जग्गा गायब

पशुपतिनाथको जग्गा १९ हजार रोपनी हराएको पाइएको छ । समितिले पशुपतिनाथ मन्दिरको देशभर १८ हजार ८ हजार ८२ रोपनी १४ आना रहेको तथ्य फेला पारेको छ ।