प्याराग्लाइडिङ दुर्घटनामा एक जिदेशी नागरिककोे मृत्यु

फागुन १९ काठमाडौ – पोखराको फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परि एक विदेशी नागरिककोे मृत्यु भएको छ । सराङकोटबाट सोलो उडान गरेका रोमानियाका नागरिक ४० वर्षीय इवे चिजरको उपचारका क्रममा मृत्यु भएको हो । उनको मेट्रेसिटी अस्पताल निधन भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । उनी आइतबार बिहान ११ बजेर २० मिनेटमा फेवातालमा खसेका थिए।