टेकु घाटमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको अन्त्येष्टि

फागुन १९ काठमाडौ — हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आज (आइतावार) अन्त्येष्टि भएको छ । शेर्पा समुदायको संस्कृतिअनुसार उनको शवलाई बिहान साढे १० बजे टेकुस्थित चिन्तामणी घाटमा अन्त्येष्टि गरिएको हो ।
गत बुधबार दिउँसो पाथीभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा तारेभीरमा हेलिकप्टर ठोक्किँदा व्यवसायी शेर्पा, पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ज्यान गएको थियो ।