महाशिवरात्रिका लागि पशुपतिक्षेत्रमा ६ हजार साधुसन्तको आगमन

फागुन, १९ काठमाडौ — महाशिवरात्रिका लागि पशुपतिक्षेत्रमा ६ हजार साधुसन्तको आगमन भएको छ । विगतको बर्ष भन्दा यो बर्ष साधुसन्तको आगमन बढेको पशुपति बिकास कोषले बताएको छ ।
फागुन २० गते महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने लाखौँ भक्तजनको भीड व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।
फागुन २२ गते बुधबार सबै साधुसन्तलाई दान–दक्षिणासहित बिदाइको तयारी कोषले गरेको छ ।