जोतिषचार्य शिवराज रेग्मी
मेष राशिको लागि नयाँ व्यापारको थालनी हुनेछ । पारिवारिक जमघटको अवसर मिल्नेछ । मिष्ठान्न भोजनको योग देखिन्छ ।
वृष राशिको लागि परिवारको साथन पाउँदा आटेको काम अपुरो रहन सक्छ । अध्ययनक्षेत्रमा रुची घट्नेछ । शोकको समचार सुन्न पर्नेछ ।
मिथुन राशिको लागि पेटमा समस्या देखा पर्न सक्छ खानामा विशेष सावधानी अपनाउँनु होला । अनावश्यक काममा झगडा हुनेछ ।
कर्कट राशिका लागि दाम्पय सम्बन्धमा सुधार आउँनेछ । नयाँ घरमा प्रवेश गर्ने योग छ । मन हर्षित रहनेछ ।
सिंह राशिका लागिप्रतिष्पर्धामा सफलतामिल्नेछ । राजनैतिक कामबाट विशेष लाभमिल्ने देखिन्छ । आर्थिक लाभ हुनेछ ।
कन्या राशिका लागि शंकाले गर्दा सम्बन्धमा समस्या आउँनेछ । आलश्यता बढ्नेछ । मन भयभित रहला ।
तुला राशिका लागि सामान चोरी हुन सक्छ अल्लि सजक भएर अगाडी बढ्नु होला । पारिवारिक झमेलाले गर्दा महत्वपूर्ण काम छुट्नेछ ।
वृश्चिक राशिका लागि भाग्यले राम्रो साथ दिनेछ । मान सम्मान मिल्ने योग छ । रमाईलो यात्राको योग छ ।
धनु राशिका लागि आर्थिक हानी बेहोर्न पर्नेछ । सामान्य चोटपटकको सम्भावना देखिन्छ सावधान रहनु होला । बोलीका कारण काममा समस्या हुनसक्छ बोलीमा ख्याल गर्नु होला ।
मकर राशिका लागि नयाँ मित्रसँग भेटघाट हुने अवसर मिल्नेछ । आर्थिक लाभहुनेछ । धार्मीक काममा रुची बढ्नेछ ।
कुम्भ राशिका लागि मनप्रतिष्ठामा आचँ आउनेछ । खर्च बढ्न सक्छ । मनोरञ्जनमा बढि समय खर्च होला ।
मीन राशिका लागि नयाँमित्रसँग भेट हुनेछ । प्रेम प्रस्ताव अवसर आउँनेछ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । वौद्धिक क्षमतामा विकास हुनेछ ।
यस दिनमा बिहान७.३० देखि ९ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।