माघ१९, पोखरा – नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिकाको गाडी जलाईदिएका छन् । शनिबार विहान नेविसंघले महानगरको बा १ झ ५८७९ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
विदाको दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै नेवि संघले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको नेवि संघ कास्कीका नेता सरोज केसीले बताए । नेविसंघको विदाको दिन सरकारी गाडीको दुरुपयोग रोक्ने अभियान चलाउदै आएको छ । गाडी जलेर काम नलाग्ने अवस्थामा पुगेको छ ।
महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले भने वास्थ्य महाशाखामा करारमा कर्मचारी नियुक्ति गर्न शनिबार लिखित परीक्षाको तयारीका लागि शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई लिन जाँदै गर्दा गाडीमा आगो लगाइएदिएको बताएका छन् ।
यता गाडी जलाएको आरोपमा ५ जना नेविसंघ सम्बद्ध विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमा नेविसंघ कास्कीका पूर्व सभापति लक्ष्मी पौडेल, नेता परशुराम बस्नेत, पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेता डिफान भुजेल र ला(ग्राण्डी कलेजका नेविसंघ सभापति बिनय पौडेल छन् ।
