नेपाल एयरलाईन्सको अब जापान उड्ने तयारी

माघ१९, काठमाडौं – नेपाल एयरलाइन्सले जापान उड्नका लागि उडान अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सलाई जापान उड्नका लागि उडान अनुमति प्रमाणपत्र (एओसी) दिएको हो ।

हालै नेपाल र जापानवीच हप्तामा १४ वटा उडान भर्ने हवाई सम्झौता भएपछि नेपाल एयरलाईन्सले पनि जापान उडान गर्ने अनुमति पाएको छ । तर नेपाल एयरलाइन्सलाई जापानले भने अझै उडान अनुमति दिइसकेको छैन ।

निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौं(ओसाका उडानका लागि क्यानबाट एओसी पाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले बताए ।

आठ महीनाअघि खरिद गरेको दुइवर्टा वाइड बडी जहाजले अहिलेलाई पुरानै गन्तव्यमा उडान भरेको भएपनि वाइड बडी जहाज मार्फत जापानसहित अन्य मुलुकका पनि उडान भर्ने निगमले योजना बनाएको छ ।

नेपालमा उडान अनुमति पाएपछि जापानमा उडान अनुमतिका लागि प्रक्रिया अघि बढाउने बाटो खुला भएको निगमका सहायक प्रवक्ता कोइरालाले बताए ।

निगमले नेपालमा गर्नुपर्ने कागजातको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेकाले आगामी फागुन १५ गतेसम्म जापान उडान शुरु गर्ने तयारी गरेको छ ।

हासम्म भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिंगाापुर, बैंकक र कतारमा उडान भर्दै आएको निगमले आउदा दिनमा चीन, दक्षिण कोरिया र साउदी अरबमा पनि सिधा उडान गर्ने निगमको योजना रहेको छ ।

निगमसँग अहिले दुईवटा अन्तरार्र््िट्रय वाइड बडी ए(३३० जहाज, दुई न्यारो बडी ए(३२० जहाज र एक बोइङ ७५७ जहाज रहेका छन् ।