माघ १९ गते तपाईको आज (राशिफल )

 

 

 

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि गरेको काममा अपजस लाग्नेछ । पीतासँगको सम्बधमा समस्या आउँन सक्छ । धार्मीक काममा रुची घट्नेछ ।

वृष राशिका लागि शरिर आलस्य हुदा काममा मन नजाने । अध्ययन क्षेत्रबाट असफलता मिल्न सक्नेछ । मन चिन्नित रहला ।

मिथुन राशिको लागि बाहान सुख मिल्नेछ । लाभदायक यात्राको अवसर प्राप्त होला । दाम्पत्य जीवनमा सुमधुरता आउँनेछ ।

कर्कट राशिका लागि खेलकुदको क्षेत्रमा विशेष सफलता मिल्नेछ । राजनीतिक समारोहमा सहभागि भैएला । धन प्राप्तिको योग छ ।

सिंह राशिका लागि प्रेम सम्बन्धमा समस्या आउँनेछ । अनावश्यक विवादमा समय बित्नेछ । श्रृङ्गारको सामान खरिदमा बढि खर्च हुनेछ ।

कन्या राशिका लागि दाम्पत्य सम्बन्धमा समस्या आउँन सक्छ । क्रृण बढ्नेछ । नजिकको व्यक्तिबाट धोका हुनसक्छ ।

तुला राशिका लागि घरमा नयाँ व्यक्तिको आगमन हुनेछ । प्रतिभाले उचित सम्मान पाउनेछ । पराक्रममा वृद्धि हुनेछ ।

वृश्चिक राशिका लागि यात्रामा झन्झट आउँनेछ । कार्य स्थलमा विवाद हुनसक्छ । अपमानित हुनुपर्नेछ ।

धनु राशिका लागि आम्दानी बढ्दै जानेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त होला । रोजगारीको नयाँ अवसर प्राप्त हुनेछ ।

मकर राशिका लागि अरुले सहयोग नगर्दा काम बिग्रनेछ । आफन्तको लागि खर्च गनुपर्नेछ । आटेको काममा ढिला सफलता मिल्ला ।

कुम्भ राशिका लागि पारिवारिक लगनशीलताका साथ कार्यमा अगाडी बढिनेछ । आर्थिक सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउँनेछ ।

मीन राशिका लागि आफ्नो क्षमताको प्रस्फूटन हुनेछ । नयाँ व्यापारको थालनी होला । सामाजिक काममा सहभागी हुनेअवसर मिल्नेछ ।

यसदिनमा बिहान ९ देखि १०.३० बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।