शहिदहरुको बलिदानीको कारण राजनीतिक अधिकार प्राप्ति : प्रधानमन्त्री ओली

माघ१६, काठमाडौं – दशकौ अघि शहिदहरुले ज्यानको आहुती दिएकैै कारण राजनीतिक अधिकार प्राप्ति भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले शहीदहरुको बलिदानले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरु समेत परास्त भएकोमा खुशी व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले सन्देशमार्फत ‘समाज रुपाञ्तरण र देश निर्माणको प्रक्रियामा सहभागी हुन सके मात्रै शहीदहरुप्रति सच्चा सम्मान र श्रद्धान्जली हुने बताए ।

राणा शासनविरुद्ध वि.सं १९९७ साल दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले ज्यान दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति अहिले हामी गौरव गर्न सकेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले राजनीतिक संक्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लगि केन्द्रिकृत भएका र वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य सम्पूर्ण राष्ट्रको साझा लक्ष्य बन्न पुगेको सन्देशमा भनेका छन् ।