आन्दोलनको भिडबाट कार्यकारी राष्ट्रपति घोषित गर्ने भेनेजुएलाका गुइडोलाई देश बाहिर जान प्रतिबन्ध

माघ१६, काठमाडौं – आफूलाई कार्यकारी राष्ट्रपति घोषित गर्ने भेनेजुएलाका विपक्षी नेता जन गुइडोलाई देशबाहिर जान प्रतिबन्धित भएका छन् ।

आन्दोलनको भीडबाटै आफुलाई कार्यकारी राष्ट्रपति घोषित गरेका गुईडोलाई त्यहाँको सर्वोच्च अदालतले देश छाड्न प्रतिबन्ध लगाएको हो ।सर्वोच्चले उनको बैंक खाता समेत रोक्का गरिदिएको छ ।

गुइडोले गत बुधबार एक विरोध प्रदर्शनका विचमा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकाले समर्थन जनाएको थियो । गुइडोको घोषणाले भेनेजुएला अहिले तनावमा छ । अदालतको पछिल्लो आदेशले भेनेजुएलाको तनाव अझ बढ्ने अनुमान गरिएको छ ।

विपक्षी दलका नेतालाई अमेरिकाले खुलेआम समर्थन गरिरहँदा रसिया, चीनलगायतले राष्ट्रपति निकोलस मदुरोलाई सहानुभूति दिएका छन् ।