फेरि बढ्यो  पेट्रोलियम पदार्थको मूल्य !

माघ १९,काठमाडौँ – नेपाल आयल निगमले गए राति १२ बजे देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको हिजो सम्पन्न बैठकले पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा दुई दुई रुपैयाँका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य पाँचले बढाइएको निगमले जनाएको छ ।