घुस लिदालिँदै पक्राउ

असार १। सेवाग्राहीबाट घुस लिँदै गर्दा सुर्खेतमा एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले जिल्ला मालपोत कार्यालय सुर्खेतका निमित्त प्रमुख गणेशप्रसाद आचार्यलाई पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस लिंदै गरेको तीस हजार नगदसहित आचार्यलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।
अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएको अनुसन्धान टोलीले मालपोत कार्यालयका सूचना अधिकारीसमेत रहेका आचार्यलाई आज दिउँसो रंगेहात समातेको हो। घरजग्गा कारोबार अन्तर्गत जग्गा रोक्का र पास गर्ने काम गरिदिए बापत आचार्यले सेवाग्राहीसँग घुस मागेका थिए। सेवाग्राहीले घुस मागेको सूचना दिएपछि अख्तियारले छापा मारेको हो। सोहीक्रममा घुस लिंदै गरेका आचार्यलाई तीस हजार नगदसहित समातिएको अख्तियारले जानकारी दिएको छ।