सडक स्तरोन्नतिको काम हुँदै

असार १, काठमाडौँ। काठमाडौँबाट फर्पिङ हुदै हेटौँडा जाने सकडको कुलेखानी हुमानेभन्ज्याङ खण्ड स्तरोन्नतीको काम भइरहेको छ । यो सडकखण्डको १५.६ किलोमीटर सडक फराकिलो बनाउने, टेवा पर्खाल निर्माण, नाली निर्माण लगायतका काम तिव्र गतिमा अघि बढेको छ ।
विश्व बैंकको आर्थिक सहयोगमा जिल्ला समन्वय समिति मकवानपुर मार्फत सडक चौडा र स्तरोन्नति गर्ने उद्देश्यले सडकको स्तर वृद्धिको काम भइरहेको हो । यसका लागि विश्व बंैकले झण्डै साढे १३ करोड रुपैयाँ लगानी गरेको छ ।
दुइ बर्षअघि देखि सुरु गरिएको यो काम अहिलेसम्म ७५ प्रतिशत सम्पन्न भइसकेको जिल्ला समन्वय समिति मकवानपुरका इन्जिनियर ललितकुमार चौधरीले. जानकारी दिनुभयो । उहाका अनुसार अहिलेसम्म हुमाने भन्ज्याङदेखि फाखेलसम्म ६ किमीसम्म पिच गर्ने काम सम्पन्न भइसकेको छ ।