वैशाख २२ । नवलपरासीको त्रिवेणीधामदेखि वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुलको निर्माण सुचारु हुने भएको छ । राष्ट्रिय निकुञ्ज विभागले सहमति दिएपछि पुल निर्माणको काम पुनः सुरु हुन लागेको हो । यसअघि निकुञ्ज विभाग र चितवन राष्ट्रिय निकुञ्जले सहमती नदिदा पुल निर्माणको काम ४ बर्षदेखि अलपत्र परेको थियो । विभाग र राष्ट्रिय निकुञ्जले अब सहमती दिएकाले पुल निर्माणको काम सुचारु हुने स्थानीय विकास अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो ।
स्थानीय विकास मन्त्रालयको करिब रु नौ करोड लागतमा दुईसय ७० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न हुनेछ । पुल निर्माणपछि नवलपरासीको त्रिवेणीधामदेखि चितवनस्थित वाल्मीकि आश्रम जान निकै सजिलो हुनेछ । हाल वाल्मीकि आश्रम जान एक मात्र विकल्प भारतीय भूमि प्रयोग गरी जानुुपर्ने बाध्यता रहेको छ । वाल्मीकि आश्रम धार्मिक दृष्टिकोणले नेपाली र विदेशी पर्यटकका लागि निकै महत्वपूर्ण स्थल मानिन्छ ।
चार वर्षपछि बन्ने भो झोलुङ्गे पुल
