वैशाख २२, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण प्रधानन्यायधिश सुशिला कार्कीमाथिको महाअभियोगमाथिको छलफल दुइ दिन पछि सरेको छ । महाअभियोगको प्रस्ताव संसदमा पेश भएपनि आजैबाट सुरु हुने भनिएको छलफल भने सुरु हुन सकेन । बिहान १० बजेको बसेको व्यवस्थापिका संसदको बैठकमा एमाले सांसदको नाराबाजीका बिच सरकारले महाअभियोगको प्रस्ताव पेश गरेपछि सभामुख ओनसरी घतीृले प्रस्तावमाथि छलफलका लागि दिउसो १ बजे बैठक बोलाउनुभएको थियो । तर, १ घन्टा ढिलोगरी बसेको बैठकमा एमाले सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुख घर्तीले आइतबार दिउसो १ बजे बस्नेगरी स्थगित गर्नुभयो ।
बिहान बसेको बैठकमा पनि सरकारले महाअभियोग प्रस्ताव पेश गर्दा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए । बिहानको बैठक बस्नुअघि सत्तारुढ दलहरुले प्रतिपक्षी एमालेलाई संसदमा महाअभियोगमाथि छलफल चलाउन दिन आग्रह गरेपनि सहमती हुन सकेन ।
एमालेको विरोधपछि महाअभियोग प्रस्तावमाथि छलफल हुन सकेन
