वैशाख २१, काठमाडौँ । स्थानिय तहको निर्वाचनका दिन आयोगको अनुमती बिना सवारी चलाउन नपाइने भएको छ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनको दिन बैशाख ३१ गते आयोगको अनुमति लिएर मात्र सवारी साधान प्रयोग गर्न सक्ने निर्णय गरेको हो ।जसका लागि आयोगले सवारी साधन चलाउनलाई अनुमतिपत्र उपलब्ध गराउने सम्वन्धी कार्यविधि समेत स्वीकृत गरेको छ ।
निर्वाचनको दिन उम्मेदवार, सुरक्षाकर्मी, राष्ट्रिय पर्यवेक्षक, अनुगमनकर्ता, कुटनीतिक नियोग तथा आयोगबाट आमन्त्रित विशिष्ट पाहुनाले प्रयोग गर्ने सवारी साधानको लागि विशेष पास उपलब्ध गराउने सम्वन्धि कार्यविधि आयोगले स्वीकृत गरेको हो ।
निर्वाचनको दिन अनुमती बिना सवारी चलाउन नपाइने
