मन्त्रीपरिषद बैठकवाट महत्वपुर्ण निर्णय हुन सक्ने

असार २, काठमाडौ–  मन्त्रीपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री सुशील कोइराला आजै वेलुकी अमेरिका भ्रमणमा जानुहुने भएकाले महत्वपुर्ण निर्णय हुन सक्ने स्रोतले बताएको छ ।
२६ जना सभासद मनोनित गर्ने तयारी भएपनि नेकपा एमालेका तर्फबाट नामावली प्राप्त नभएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीले एमालेले नामावली नदिए कांग्रेसको भागमा परेका ९ जना मनोनित गर्ने तयारी गर्नुभएको थियो । तर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सवै सागै गर्न सुझाव दिनुभएको थियो ।